News Summary
Generated by OK AI. Editorially reviewed.- रामेछाप नगरपालिका–२ सिरुबारीमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी भीरबाट करिब १०० मिटर तल खसेको छ।
- ना ७ ख ६७६८ नम्बरको गाडीमा कर्मचारी र सुरक्षाकर्मी थिए र उद्दारका काम भइरहेको छ।
- जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाले गाडीमा कति मान्छे थिए भन्ने यकिन नभएको बताए।
१८ फागुन, काठमाडौं । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी भीरबाट खसेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँबाट करिब १०० मिटर तल गाडी खसेको हो ।
उनका अनुसार ना ७ ख ६७६८ नम्बरको गाडी खसेका हो । उक्त गाडीमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए । अहिले उद्दारका काम भइरहेको छ । गाडीमा कति मान्छे थिए भन्ने समेत यकिन भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4