News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२६ को फेब्रुअरीमा नेपाल फर्कने नेपालीको संख्या २८ प्रतिशतले बढेर १ लाख ४८ हजार ६२३ पुगेको छ।
- फेब्रुअरी २०२६ मा विदेशी नागरिकको आगमन १ लाख १५ हजार ४४२ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो।
- सन् २०२६ को फेब्रुअरीमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ८० हजार ८६१ पुगेको छ, जुन ३३ प्रतिशतले बढी हो।
१८ फागुन, काठमाडौं । निर्वाचनअघि विदेशबाट नेपाल फर्कने नेपालीको संख्या २८ प्रतिशतले बढेको छ ।
सन् २०२६ को फेब्रअुरीमा १ लाख ४८ हजार ६२३ नेपाली स्वदेश फर्किएका छन् । सन् २०२५ मा यो संख्या १ लाख १५ हजार ५८४ थियो । सन् २०२४ को तुलनमा सन् २०२५ मा सोही महिना ३ प्रतिशतले मात्र नेपाली नागरिकको आगमन बढेको थियो ।
सन् २०२५ को तुलनामा भने २०२६ मा नेपालीको आगमन २८ प्रतिशतले बढेको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार यस महिनामा विदेशी नागरिकको आगमनमा समेत उल्लेख्य वृद्धि भएको छ ।
फेब्रुअरीमा १ लाख १५ हजार ४४२ विदेशी नेपाल आएका छन् । अघिल्लो वर्ष यसै महिनामा ९६ हजार ८८० विदेशी नेपाल आएका थिए । यस महिनामा नेपाल आउने यात्रु (विदेशी र नेपाली) २४ प्रतिशतले बढेको देखिन्छ ।
फेब्रुअरी सन् २०२६ मा कुल २ लाख ६४ हजार ६५ जना नेपाल आएकोमा सन् २०२५ मा यो संख्या २ लाख १२ हजार ४६४ मात्र थियो । सन् २०२४ मा २ लाख ५ हजार २६३ जना भित्रिएका थिए । यसबाट निर्वाचनलाई लक्षित गरी नेपालीहरू स्वदेश फर्किएको संकेत देखिएको छ ।
अध्यागमन विभागका अनुसार प्रस्थानतर्फ समेत यात्रु संख्या उल्लेख्य बढेको छ । सन् २०२६ को फेब्रुअरीमा २ लाख ५७ हजार ३६४ जना नेपालबाट प्रस्थान गरेका छन् । २०२५ को सोही महिनामा २ लाख १३ हजार ५५२ जना प्रस्थान गरेका थिए ।
यसमध्ये १ लाख ४९ हजार ८९५ नेपाली नागरिक प्रस्थान गरेका छन् । सन् २०२५ को फेब्रुअरीमा १ लाख २५ हजार ८६६ नेपाली मात्रै विदेश प्रस्थान गरेको तथ्यांकले देखाएको छ ।
यस महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ८० हजार ८६१ रहेको छ । जुन सन् २०२५ को सोही महिनाको तुलनामा ३३ प्रतिशत बढी हो । अघिल्लो वर्ष यस महिनामा ६० हजार १९२ विदेशिएका थिए ।
प्रतिक्रिया 4