+
+
Shares

९ वटा सुतली बम र सुँगुरको टाउकोसहित वीरगञ्जबाट ३ जना पक्राउ

हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते ९:२६

२० फागुन, काठमाडौं । पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरु सुँगुरको टाउको मस्जिदमा लगेर फ्याँक्ने तयारीका साथ हिँडेका थिए । ‘उनीहरुले पसलबाट सुँगुरको टाउको किनेर दुई टुक्रा पारेर मस्जिदमा फ्याँक्ने भन्ने तयारी गरेका रहेछन्,’ सुरक्षा स्रोतले भन्यो, ‘धार्मिक सदभाव भड्काउने उनीहरुको उद्देश्य हामीले सफल हुन दिएनौं ।’

प्रहरीका अनुसार उनीहरुको साथबाट नौ थान सुतली बम, केही तार लगायतका सामग्री पनि बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?