News Summary
Generated by OK AI. Editorially reviewed.- फुटबलर विकेश कुथुले खेलाडीको माग पूरा नगरी एन्फा निर्वाचन गर्न खोजे दुःखको हिसाब किताब भौतिक रुपमा असुल्ने चेतावनी दिएका छन्।
- कुथुले फुटबल बचाउन अहिलेको नेतृत्वलाई कालो मोसो दलेर एन्फाबाट घिसार्नेबाहेक विकल्प नभएको बताएका छन्।
- उनले भनेका छन्, 'नेपाली फुटबल बचाउन अब सबै खेलाडीहरू उपस्थित भएर यी अपराधीहरूलाई कालो मोसो दलेर एन्फाबाट घिसार्ने बाहेक अरु विकल्प छैन।'
२० फागुन, काठमाडौं । फुटबलर विकेश कुथुले खेलाडीहरुले पाएको दुःखको हिसाब किताब भौतिक रुपमा असुल्ने चेतावनी दिएका छन् ।
कुथुले बुधबार सामाजिक सञ्जालमार्फत खेलाडीको माग पूरा नगरी एन्फा निर्वाचन गर्न खोजे खेलाडीको दुःखको हिसाब किताब भौतिक रुपमा असुल्ने चेतावनी दिएका हुन् ।
‘यदि हामीलाई वचन दिए अनुरुप ए, बी, सी डिभिजन लिग समयमा सञ्चालन भएन भने र त्योभन्दा अगाडी तिमीहरूले चुनाव गर्ने कोसिस मात्रै पनि गर्यौ भने हामी खेलाडीहरूले आजसम्म पाएका दुःखको हिसाब किताब तिमीहरुबाट भौतिक रूपमा असुल्ने छौं’ कुथुले लेखेका छन् ।
उनले फुटबल बचाउन अहिलेको नेतृत्वलाई कालो मोसो दलेर एन्फाबाट घिसार्नेबाहेक विकल्प नभएको बताएका छन् । उनले भनेका छन्, ‘नेपाली फुटबल बचाउन अब सबै खेलाडीहरू उपस्थित भएर यी अपराधीहरूलाई कालो मोसो दलेर एन्फाबाट घिसार्ने बाहेक अरु विकल्प छैन।’

प्रतिक्रिया 4