+
+
Shares

चुनावमा साढे ७ लाख जना गृहजिल्ला जाँदा सुनसान बन्यो काठमाडौं

काठमाडौंमा रहेका मतदाता मतदान गर्न आफ्नै निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले उनीहरू गृहजिल्ला पुग्दा यहाँ भने सुनसान बनेको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ फागुन २० गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकाबाट फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा साढे ७ लाखभन्दा बढी मतदाता मतदान गर्न बाहिरिएका छन्।
  • पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन र निर्वाचनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
  • सरकारले निर्वाचन तयारी पूरा भइसकेको जनाएको छ र मतदान हुने दिन सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइएको छ।

२०, फागुन, काठमाडौं । भोलि (फागुन २१) हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट साढे ७ लाख जना बढी बाहिरिएका छन् ।

काठमाडौंमा रहेका मतदाता मतदान गर्न आफ्नै निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले उनीहरू गृहजिल्ला पुग्दा यहाँ भने सुनसान बनेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण तत्कालीन केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । कार्कीले प्रतिनिधिसभा विघटन र निर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । सोही सिफारिसअनुसार राष्ट्रपतिले निर्वाचनका लागि फागुन २१ को मिति घोषणा गरेका थिए ।

सरकारले पनि निर्वाचनको तयारी पूरा भइसकेको जनाएको छ । आज मध्यरातिदेखि भोलि मतदान सम्पन्न नहुन्जेलसम्म सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइएको छ ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?