+
+
Shares

क्यानडाका ३ सहरमा गुञ्जिँदै ‘नेपथ्य’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १६:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपथ्यले अप्रिल २०२६ मा क्यानडाको सडबरी, टोरन्टो र लन्डनमा सांगीतिक भ्रमण गर्ने घोषणा गरेको छ।
  • पहिलो कन्सर्ट १० अप्रिलमा सडबरीस्थित कम्युनिटी एरिनामा हुनेछ भने दोस्रो र तेस्रो क्रमशः १३ र १८ अप्रिलमा टोरन्टो र लन्डनमा हुनेछ।
  • दर्शकले नेपथ्यको आधिकारिक वेबसाइटमार्फत टिकट किन्न सक्ने जानकारी दिइएको छ।

काठमाडौं । नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ले अप्रिल महिनामा क्यानडाको सांगीतिक भ्रमणको घोषणा गरेको छ ।

‘नेपथ्य क्यानडा लाइभ कन्सर्ट २०२६’ नाम दिइएको उक्त टूर त्यहाँका तीन स्थानमा हुनेछ । पहिलो कन्सर्ट १० अप्रिलको शुक्रबार सडबरीस्थित कम्युनिटी एरिनामा हुनेछ ।

१३ अप्रिलको सोमबार टोरन्टोस्थित क्वीन एलिजाबेथ थिएटरमा कन्सर्ट हुनेछ । १८ अप्रिलको शनिबार ओन्टारियाको लन्डनस्थित लन्डन म्युजिक हलमा कन्सर्ट हुनेछ ।

दर्शकले नेपथ्यको आधिकारिक वेबसाइटमार्फत टिकट लिन सक्ने जनाइएको छ । दुईवर्षअघि ब्यान्डले क्यालगरी, भ्यानकुभर र टोरन्टोमा प्रस्तुति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?