+
+
Shares

सैनिक र प्रहरीहरूले कसरी हाल्नेछन् भोट ?

निर्वाचन आयोगले निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीहरूलाई समानुपातिक प्रणालीमा मतदान गर्ने सुविधा दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १७:००

१६ फागुन, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीहरूलाई समानुपातिक प्रणालीमा मतदान गर्ने सुविधा दिएको छ ।

त्यसका लागि विभिन्न जिल्लामा रहेका ब्यारेकका सैनिकहरू, सशस्त्र प्रहरी र नेपाल प्रहरी अनि कर्मचारीहरुले मतदान गर्नेछन् ।

‘समानुपातिकमा मात्रै मतदान गर्ने मतदाताहरुलाई लक्षित गरेर अस्थायी मतदान केन्द्र तोकिएका छन्’ निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘उनीहरूले त्यहाँ पुगेर मतदान गर्छन् ।’

निर्वाचन आयोगले मतदाताहरुको ठूलो संख्या रहने ठाँउलाई लक्षित गरेर मतदान केन्द्र राखेपछि सेनाको ब्यारेक वा प्रहरी कार्यालयभित्र भने केन्द्र तोकेको हुँदैन । उनीहरु पनि ब्यारेक बाहिरको केन्द्रमा आएर मतदान गर्नुपर्छ ।

निर्वाचन आयोगले देशभर एक सय ४३ वटा अस्थायी मतदान केन्द्रहरु तोकेको छ । यसपटक एक लाख ८६ हजार अस्थायी मतदाताहरु छन् ।

नेपालमा करिब ९५ हजार सैनिक, ३५ हजारजति शसस्त्र प्रहरी र ८० हजार नेपाल प्रहरी छन् । तीमध्ये कतिपयले अस्थायी नामावलीमा आफ्नो नाम राख्न छुटाएकाले मतदानमा सहभागी हुन पाउने छैनन् ।

मिसाएर गनिन्छ मत

निर्वाचन आयोगका अनुसार, मतदाताले व्यक्त गरेको मतको गोप्यताका लागि कम्तिमा तीन वा त्यो भन्दा बढी मतपेटिकाहरु मिसाएर मात्रै गणना गरिन्छ । सामान्यतया त्यस्तो अवस्थामा कुन ठाँउबाट कति मत खस्यो भन्ने अनुमान हुन सक्दैन ।

कुनै निश्चित ठाँउ वा निश्चित प्रकृतिको मतदाता भएको ठाँउको मात्रै गणना गर्दा गोपनियतामा समस्या आउनसक्ने भएकाले त्यस्तो व्यवस्था भएको हो । आयोगले प्रत्यक्षका साथै समानूपातिकमा व्यारेकमा रहेका सैनिकहरुको मतपत्रलाई पनि अन्यत्रको मतपत्रसँग मिलाएर गणना गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?