+
+
Shares

चुनावको पूर्वसन्ध्यामा वर्षा राउत : बोलीको पक्का हुन प्रधानमन्त्री कार्कीबाट सिक्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंगो मुलुक बिहीबार प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ र सेलिब्रेटीहरू भोट हाल्न गृहथलो फर्किएका छन्।
  • प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले निर्धारित मितिमै चुनाव हुने कुरामा भ्रम नपाल्न भनेको थियो।
  • अभिनेत्री वर्षा राउतले फेसबुकमा लेख्दै प्रधानमन्त्री कार्कीबाट नेताहरूले बोलीको पक्का हुन सिक्नुपर्ने बताएकी छन्।

काठमाडौं । सिंगो मुलुक नै बिहीबार हुने प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । सेलिब्रेटीहरू भोट हाल्न गृहथलो फर्किएका छन् । मनोरञ्जन वृत्तमा पनि चुनावलाई लिएर उत्साहको वातावरण छ ।

केही दिनअघिसम्म केही दलका नेताले नै चुनाव हुने कुरामा संशय व्यक्त गरिरहेका थिए । उनीहरूले चुनावको वातावरण तयार नभएको चुनाव हुने कुरामा संशय व्यक्त गरेका खबर मिडियामा पनि आएका हुन् । तर, प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले चुनाव हुने कुरामा भ्रम नपाल्न भनेको थियो ।

निर्धारित मितिमै चुनाव गर्ने कार्की नेतृत्वको सरकारको प्रशंसामा अभिनेत्री वर्षा राउत उभिएकी छन् । उनले प्रधानमन्त्री कार्कीबाट नेताहरूले बोलीको पक्का हुनुपर्छ भन्ने कुरा सिक्नुपर्ने बताएकी छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा फेसबुकमा स्टाटस लेख्दै राउतले लेखेकी छन् :

मलाई भोलि चुनावमा भोट हाल्नुभन्दा अगाडि आनन्द लागेको कुरा चाहिँ १ महिना अगाडिसम्म चुनाव हुँदैन भनेर गफ हुन्थ्यो । एकजना महिलाले चट्टानझैँ अडान लिनुभयो, अनि उहाँले दिनुभएको बचनअनुसार भोलि चुनाव हुँदैछ । प्रधानमन्त्री सुशीला कार्की ज्यूप्रति सम्मान । आउने सबै नेताहरूले बोलीको पक्का हुन चाहिँ उहाँबाट सिक्नुपर्छ है ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?