News Summary
Generated by OK AI. Editorially reviewed.- संखुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ सय ६५ मतदान केन्द्रमा बिहीबार बिहान ७ बजे देखिनै मतदान सुरु भएको छ।
- जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् र ९ सय ८४ कर्मचारी मतदान कार्यमा खटिएका छन्।
- निर्वाचन सुरक्षाका लागि दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ र मतगणना स्थल तयार पारिएको छ।
२१ फागुन, संखुवासभा । संखुवासभामा एक सय ६४ वटै मतदान केन्द्रमा मतदान सुरु भएको छ । जिल्लामा बिहीबार बिहान ७ बजे देखिनै उत्साह पूर्वक मतदान सुरु भएको छ ।
एक सय ६५ वटै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सुरु भएको सङ्खुवासभाका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।
प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्रमा रहेको यस जिल्लामा एक अस्थायी सहित एक सय ६४ मतदान केन्द्र रहेका छन् ।
त्यस्तैगरी मतगणनाका जिल्ला समन्वय समितिको सभा हलमा मत गणना स्थल समेत तयार पारिसकिएको छ ।
जिल्लाका कतिपय स्थानीय तहमा भौगोलिक रूपमा निकै विकट मानिएको थुदाममा, रिदाक र किमाथांका यातायात र सञ्चार अहिलेसम्म पुग्न सकेको छैन ।
प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर ९ सय ८४ कर्मचारी खटिएका छन् । एकीकृत जिल्ला सुरक्षा २०८२ बमोजिम निर्वाचनका लागि दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जिल्लामा एक अस्थायी सहित १ सय ६५ मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् ।
जिल्लामा एक सय ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा छन् ।
प्रतिक्रिया 4