२१ फागुन, नुवाकोट । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले नुवाकोट पञ्चकन्या–२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
नेपाली कांग्रेसबाट नुवाकोट क्षेत्र नम्बर-१ का उम्मेदवार समेत रहेका महतले नुवाकोट पञ्चकन्या–२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
मतदानपछि उनले भनेका छन्- ‘आज आफ्नो अमूल्य मताधिकार प्रयोग गरेँ। मतदान केवल अधिकार मात्र होइन, यो हाम्रो लोकतन्त्रप्रतिको कर्तव्य पनि हो । सचेत नागरिकका रूपमा सबैले मतदान गरेर आफ्नो आवाज व्यक्त गरौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4