+

लगातार तेस्रोपटक सेमिफाइनलमा भिड्दै इंग्ल्यान्ड र भारत

२०८२ फागुन  २१ गते ८:५४ २०८२ फागुन २१ गते ८:५४
लगातार तेस्रोपटक सेमिफाइनलमा भिड्दै इंग्ल्यान्ड र भारत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीच मुम्बईको वानखेडे स्टेडियममा सवा ७ बजेदेखि खेल हुनेछ।
  • इंग्ल्यान्ड सुपर ८ समूह २ को विजेता र भारत समूह १ को उपविजेता भएर सेमिफाइनलमा पुगेका हुन्।
  • यी टोलीहरूले टी-२० विश्वकपमा ५ पटक भिड्दा भारतले ३ र इंग्ल्यान्डले २ खेल जितेका छन्।

२१ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा बिहीबार आयोजक भारतले इंग्ल्यान्डको सामना गर्दै छ । यी दुई टोलीबीचको सेमिफाइनल खेल बेलुका सवा ७ बजेदेखि मुम्बईको वानखेडे स्टेडियममा सुरु हुनेछ ।

इंग्ल्यान्ड सुपर ८ को समूह २ बाट विजेताका रूपमा तथा भारत समूह १ को उपविजेताका रूपमा सेमिफाइनल खेल्न लागेका हुन् ।

समूह चरणमा अपराजित रहेको भारतले सुपर ८ मा एक हार बेहोरेको थियो भने इंग्ल्यान्डले समूह चरणमा एक हार बेहोर्दा सुपर ८ मा तीनवटै खेल जित्यो ।

इंग्ल्यान्ड र भारत दुवै २-२ पटकको उपाधि विजेता समेत हुन् । यस्तै यी दुई टोली लगातार तेस्रोपटक सेमिफाइनलमा खेल्न लागेका हुन् ।

यसअघि सन् २०२२ र २०२४ को संस्करणमा पनि यी दुई टोली सेमिफाइनलमा भिडेका थिए ।

सन् २०२२ को सेमिफाइनलमा इंग्ल्यान्डले भारतमाथि १० विकेटको प्रभावशाली जित हासिल गरेको थियो भने २०२४ को सेमिफाइनलमा भारतले शानदार जित हासिल गरेको थियो ।

यसपटक पनि सेमिफाइनल खेल्दा दुवै टोलीको मनोबल उच्च हुनेछ । दुवै टोली आ-आफ्ना पछिल्ला खेल जितेर आएका छन् ।

यो सेमिफाइनलको विजेता टोली आफ्नो तेस्रो ऐतिहासिक उपाधि जित्ने मार्गमा अघि बढ्नेछन् । फाइनलमा उपाधिविहीन टोली न्युजिल्यान्डसँग भेट हुनेछ ।

हेड टु हेड

इंग्ल्यान्ड र भारत हालसम्म टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा २९ पटक आमनेसामने भएका छन् । १७ खेलमा भारत विजयी भएको छ भने १२ खेलमा इंग्ल्यान्डले बाजी मारेको छ ।

टी-२० विश्वकपमा भने यी दुई टोली ५ पटक आमनेसामने भएका छन् जहाँ भारतले ३ खेल जित्दा इंग्ल्यान्डले २ खेल जितेको छ ।

टी-२० विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय