+
+
Shares

दाङका निकुञ्ज प्रभावितले गरे मतदान बहिष्कार

लामो समयदेखि बस्ती स्थान्तरणको माग राख्दै आन्दोलनरत पीडितहरुले चुनाव बहिस्कार गर्ने चेतावनी दिँदै आएका थिए । माग पूरा नभएपछि उनीहरुले मतदानमा सहभागी नभएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १०:५०

२१ फागुन, दाङ । दाङमा बाँके राष्ट्रिय निकुञ्ज प्रभावितहरूले मतदान बहिष्कार गरेका छन् । दाङ मध्यवर्ती क्षेत्र बबइ गाउँपालिका-७ देउती मावि मलई मतदान केन्द्र र बबई-१ मा रहेको जनता आधारभूत विद्यालयको केन्द्रमा समाचार तयार पार्दासम्म एक जनाले पनि मतदान गरेका छैनन् ।

मतदान अधिकृत चिरञ्जीवी खड्काका अनुसार साढे १० बजेसम्म बबइ गाउँपालिका-७ देउती मावि मलई मतदान केन्द्रमा मतदाता आएका छैनन् । मतदान केन्द्र सुनसान छ । यहाँ ६८२ मतदाता रहेका छन् ।

त्यस्तै बबइ-१ को एउटा केन्द्रको अवस्था पनि यस्तै छ । अहिलेसम्म मतदाता आएका छैनन् । जनता आधारभूत विद्यालयमा ५३० मतदाता रहेका छन् ।

निकुञ्च प्रभावित संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुरले राङु मगरले आफूहरुले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बताउँदै मतदान नगर्ने अनलाइनखबरलाई बताए । ‘हाम्रो माग सम्बोधन नभए मतदान नगर्ने घोषणा गरेका थियौं’, उनले भने, ‘हाम्रो कुरा सुनुवाइ भएन । गाउँले सबैले सल्लाह गरेर चुनावमा मतदान नगर्ने निर्णय गरेका छौं ।’

लामो समयदेखि बस्ती स्थान्तरणको माग राख्दै आन्दोलनरत पीडितहरुले चुनाव बहिस्कार गर्ने चेतावनी दिँदै आएका थिए ।

दाङका साविकका पञ्चकुले र पुरन्धारा गाविसका केही भू-भागहरूलाई मध्यवर्ती क्षेत्रका रूपमा घोषणा गरिएको थियो । त्यस क्षेत्रमा निकुञ्ज घोषणासँगै वन्यजन्तु वृद्धि भएकाले विभिन्न आफूहरु पीडित भएको स्थानीयको भनाइ छ ।

वन्यजन्तु बाघकोसमेत आतंक बढेको स्थानीय सञ्चारकर्मी प्रेम पुनले बताए । वन्यजन्तुले बालीनाली र घरपालुवा पशुपन्छी खाइदिने समस्या लामो समयदेखि भोग्दै आएको उनले बताए ।

यो दाङ क्षेत्र नम्बर ३ मा पर्छ । यहाँबाट कांग्रेसबाट दीपक गिरी, एमालेबाट घनश्याम पाण्डे, नेकपाबाट धनबहादुर मास्की, रास्वपाबाट कमलसुवेदीलगायत उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?