२१ फागुन, सिरहा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिरहामा मतदान सुरु भएको चार घण्टाभित्रै करिब ३० प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय सिरहाका प्रमुख राजन श्रीवास्तवका अनुसार बिहान ११ बजेसम्म जिल्लाभर ३० प्रतिशतसम्म मतदान भएको छ ।
जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन कार्यालयले जनाएको छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ, भने सुरक्षाकर्मीको व्यवस्था पनि कडा पारिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा कुल ४ लाख ५३ हजार ६४५ मतदाता रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4