+
+
Shares

डोल्पामा खस्यो ५० प्रतिशत मत, मतदान जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १४:१३

२१ फागुन, डोल्पा । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा ५० प्रतिशत मत खसेको छ ।

प्रतिनिधिसभाको एउटामात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल मतदाताको ५० प्रतिशत मत खसिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्लाका केही मतदान केन्द्रमा ढिलो गरी मतदान प्रक्रिया सुरु भए पनि मतदाताको उत्साहपूर्ण सहभागी रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

डोल्पामा ११ हजार ९२८ पुरुष र १२ हजार १८७ महिला गरी जम्मा २४ हजार ११५ मतदाता रहेका छन् । जसमा १२ हजार हारहारीमा मत खसेको जनाइएको छ ।

जिल्लामा दुई वटा अस्थायीसहित ७० वटा मतदान केन्द्र कायम गरिएको भने ४१४ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ ।

अहिले पनि मतदान जारी छ । साँझ ५ बजेसम्म मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?