+
+
Shares

सल्यानमा ३ बजेसम्म ३७ प्रतिशत मत खस्यो

अमृत बाबु बुढाथोकी अमृत बाबु बुढाथोकी
२०८२ फागुन २१ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानमा २१ फागुन दिउँसो ३ बजेसम्म ६२ हजार २६१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
  • जिल्लाका कुल १ लाख ६४ हजार ५९५ मतदातामध्ये ३७ दशमलव ८३ प्रतिशत मत खसेको छ।
  • मतदान बिहान ७ बजेदेखि सुरु भएर शान्तिपूर्ण रूपमा जारी छ र कुनै अप्रिय घटना नघटेको निर्वाचन कार्यालयले बताएको छ।

२१ फागुन, सल्यान । सल्यानमा दिउँसो ३ बजेसम्म ६२ हजार २६१ मत खसेको छ।

जिल्लामा रहेका कुल १ लाख ६४ हजार ५९५ मतदातामध्ये ३७ दशमलव ८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

पालिकाअनुसार सबैभन्दा बढी शारदा नगरपालिकामा १३ हजार ४६२ मत खसेको छ भने कालिमाटी गाउँपालिकामा ८ हजार ३५०, बागचौर नगरपालिकामा ७ हजार ५६३, छत्रेश्वरी गाउँपालिकामा ६ हजार ४९१ र बनगाड कुपिण्डे नगरपालिकामा ६ हजार ८२० मत खसेको छ।

यस्तै सिद्ध कुमाख गाउँपालिकामा ४ हजार ९२५, त्रिवेणी गाउँपालिकामा ४ हजार २५८, कपुरकोट गाउँपालिकामा ४ हजार ५५३, कुमाख गाउँपालिकामा ३ हजार ४४४ र दार्मा गाउँपालिकामा २ हजार ३९५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य हालसम्म शान्तिपूर्ण रूपमा जारी रहेको छ। कुनै पनि मतदान केन्द्रमा अप्रिय घटना नघटेको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगिरहेका छन्।

लेखक
अमृत बाबु बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?