+
+
Shares

प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्युठानमा प्रतिनिधिसभा निर्वाचनमा ५१.१६९ प्रतिशत मतदान भएको छ, जुन अघिल्लो निर्वाचनको तुलनामा ३.९४१ प्रतिशत कम हो।
  • जिल्लामा १ लाख ६५ हजार ४०६ मतदातामध्ये ८४ हजार ७३७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
  • मतगणना जिल्ला समन्वय समितिको कार्यालय खलंगामा गरिने र प्रशासनले छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ।

२१ फागुन, प्युठान । आज सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा प्युठानमा ५१.१६९ प्रतिशत मतदान भएको छ । जिल्लामा रहेका १ लाख ६५ हजार ४०६ मतदातामध्ये ८४ हजार ७३७ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकारी पदम डांगीका अनुसार खसेको मतमध्ये महिला ५१ हजार २४२, पुरुष ३३ हजार ३९३ र अन्य १ जना रहेका छन्।

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्युठानमा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ५५.११ प्रतिशत मतदान भएको थियो। यसपटक अघिल्लो निर्वाचनको तुलनामा ३.९४१ प्रतिशत कम मत खसेको हो ।

जिल्लामा मतदाता संख्या बढ्दै जानु, ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारी तथा विभिन्न कारणले जिल्ला बाहिर रहनु र विषम परिस्थितिमा निर्वाचन हुँदा पर्याप्त तयारी हुन नसक्नुजस्ता कारणले मतदान घटेको विश्लेषण गरिएको छ।

जिल्लाका १५८ मतदान स्थलका २३० मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी शान्तिराम प्रसाईंले जानकारी दिए। उनका अनुसार जिल्लाभरका मतपेटिका आज राति ११ बजेसम्म जिल्ला सदरमुकाम खलंगा ल्याउने तयारी छ।

सर्वदलीय तथा सर्वपक्षीय बैठकको सहमतिका आधारमा सकेसम्म आज रातिबाटै मतगणना सुरु गर्ने तयारी गरिएको उनले बताए ।

मतगणना जिल्ला समन्वय समितिको कार्यालय खलंगामा गरिने छ। प्रशासनले सकेसम्म छिटो मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?