News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरमा ५८.६३ प्रतिशत मतदान भएको छ र १ लाख ८४ हजार ३२४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
२१, फागुन, महेन्द्रनगर । कञ्चनपुरमा ५८.६३ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा रहेका कुल ३ लाख १४ हजार ३८५ मतदातामध्ये १ लाख ८४ हजार ३२४ मत खसेको हो ।
क्षेत्रगत विवरणअनुसार कञ्चनपुर–१ मा ६०.०४ प्रतिशत, कञ्चनपुर–२ मा ५९.२१ प्रतिशत र कञ्चनपुर–३ मा ५६.६० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । कञ्चनपुर–१ मा १ लाख १ हजार ७२४, कञ्चनपुर–२ मा १ लाख ९ हजार ५८४ र कञ्चनपुर–३ मा १ लाख ३ हजार ८७ मतदाता रहेका थिए ।
जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । अहिले विभिन्न मतदान केन्द्रबाट मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा ल्याउने काम भइरहेको छ भने मतगणना आजै रातिदेखि सुरु गर्ने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4