+
+
Shares

दोलखाको वेदिङबाट समानुपातिकमा आफ्नै पाँच मत लिएर फर्किए कर्मचारी

निर्वाचनका लागि खटिएका पाँच जना कर्मचारीले भने समानुपातिकतर्फ मतदान गरेका छन् । सोही मत बोकेर निर्वाचन कर्मचारीको टोली त्यहाँबाट फर्किएको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८२ फागुन २१ गते १९:३३

२१ फागुन, काभ्रेपलाञ्चोक । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका स्थानीय मतदाताले यसपटक निर्वाचन बहिष्कार गरेका छन् । वेदिङ आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा रहेका ११३ जना मतदाता कोही पनि मतदान गर्न आएनन् ।

वेदिङका मतदाताले आफ्ना आवाज अहिलेसम्म कसैले पनि नसुनेको र यसपटक कुनै उम्मेदवार मत माग्नसमेत नआएको भन्दै भोट नहाल्ने बताएका थिए ।

मतदान अधिकृतसहितका कर्मचारी साँझ ५ बजेसम्म मतदातालाई कुरेर बसेका थिए । मतदाताले निर्वाचन बहिष्कार गरेसँगै सो बुथमा प्रत्यक्षतर्फ एक भोट पनि नपरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।

तर, निर्वाचनका लागि खटिएका पाँच जना कर्मचारीले भने समानुपातिकतर्फ मतदान गरेका छन् । सोही मत बोकेर निर्वाचन कर्मचारीको टोली त्यहाँबाट फर्किएको छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार उक्त केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम ल्याईसकिएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?