News Summary
Generated by OK AI. Editorially reviewed.- झापामा प्रतिनिधिसभा सदस्य चयनका लागि ६४.२४ प्रतिशत मतदान भएको छ।
- झापाका पाँच निर्वाचन क्षेत्रमा कुल मतदाताको संख्या सात लाख १३ हजार ५३७ रहेको छ।
- मतदानमा महिलाको सहभागिता पुरूषभन्दा बढी छ, महिलाले दुई लाख ४२ हजार ५७५ मत खसालेका छन्।
२१ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा ६४ प्रतिशतबढी मतदान भएको छ । प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार भएको मतदानमा झापाका पाँच निर्वाचन क्षेत्रहरूमा ६४.२४ प्रतिशत मत खसेको हो ।
निर्वाचन आयोगका अनुसार झापामा कुल मतदाताको संख्या सात लाख १३ हजार ५३७ छ । जसमध्ये चार लाख ५८ हजार ३६२ मत खसेको छ । मतदानमा सहभागी हुनेमा पुरूषभन्दा महिलाको संख्या बढी देखिएको छ ।
झापामा दुई लाख ४२ हजार ५७५ महिलाले मतदना गर्दा पुरूषतर्फ दुई लाख १५ हजार ७८५ मत खसेृको छ । झापामा दुई जना अन्यले पनि मत खसालेका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार क्षेत्र नम्बर १ मा ८३ हजार ८२२, क्षेत्र नम्बर २ मा ९६ हजार २५३, क्षेत्र नम्बर ३ मा ८८ हजार ४४९, क्षेत्र नम्बर ४ मा ८३ हजार ४६६ र क्षेत्र नम्बर ५ मा एक लाख छ हजार ३७२ मत खसेको छ ।
क्षेत्र नम्बर १ मा एक लाख ३१ हजार ६७, क्षेत्र नम्बर २ मा एक लाख ४७ हजार ५२२, क्षेत्र नम्बर ३ मा एक लाख ४० हजार ५८७, क्षेत्र नम्बर ४ मा एक लाख ३० हजार ७१२ र क्षेत्र नम्बर ५ मा एक लाख ६३ हजार ३७९ मतदाता थिए ।
प्रतिक्रिया 4