+
+
Shares

झापाका सबै क्षेत्रबाट संकलित मतपेटिका रुजु गरिँदै

आर्यन धिमाल आर्यन धिमाल
२०८२ फागुन २१ गते २१:१५

२१ फागुन, काठमाडौं । झापाका सबै क्षेत्रको मतपेटिका मतदानस्थलसम्म पुर्‍याइएको छ । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

झापा–५ का दुई प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहको कारण पनि झापाको परिणाम यसपटक सर्वाधिक चासोको विषय बनेको छ ।

निर्वाचन कार्यालयका अधिकृतका अनुसार, अहिले मतपेटिका रुजु गर्ने काम भइरहेको छ । त्यसपछि राजनीतिक दलका प्रतिनिधिसहित सर्वदलीय बैठक बस्नेछ ।

सर्वदलीय बैठकमा हुने सहमति अनुसार मतगणना सुरु गर्ने बताइएको छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?