News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले नेपालमा सफलतापूर्वक सम्पन्न निर्वाचनमा प्रधानमन्त्री सुशीला कार्की र मतदातालाई बधाई दिएको छ।
- भारतीय विदेश मन्त्रालयले नयाँ सरकारसँग काम गर्न तयार रहेको र नेपालको शान्ति, प्रगति र स्थिरतालाई निरन्तर समर्थन गरेको बताएको छ।
- भारतले दुई देश र जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ बलियो बनाउन नयाँ सरकारसँग काम गर्न तत्पर रहेको उल्लेख गरेको छ।
२१ फागुन, काठमाडौं । नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा भारतले बधाई दिएको छ । भारतीय विदेश मन्त्रालयले बिहीबार साँझ एक नोट जारी गरी निर्वाचनपछि आउने नयाँ सरकारसँग काम गर्न तयार रहेको बताएको हो ।
चुनाव गराउन सफल प्रधानमन्त्री सुशीला कार्की र चुनावमा सहभागी हुने मतदातालाई पनि भारतले बधाई दिएको छ ।
‘भारतले नेपालको शान्ति, प्रगति र स्थिरतालाई निरन्तर समर्थन गरेको छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।
दुई देश र जनताबीचको बलियो बहुआयामिक सम्बन्धलाई अझ बलियो बनाउन नेपालको नयाँ सरकारसँग काम गर्न तत्पर रहेको उसको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4