२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
सुरुवाती परिणाममा एमालेका उम्मेदवार एमालेका अस्मिन घिमिरेले अघि देखिएका छन् । उनले ३२५ मत पाएका छन् । रास्वपाका रवि लामिछानेले २११ मत पाउँदा नेपाली कांग्रेस नेत्री मिना खरेलले १४५ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङले १६१ पाएका छन् ।
यस अघि यो क्षेत्रमा ठूलो मतान्तरले रवि लामिछाने विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4