+
+
Shares

सल्यानमा मतगणना तयारी पूरा, ८ बजे सर्वदलीय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ७:१४

२२ फागुन, सल्यान । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सल्यानको मतगणना ८ बजेपछि सुरु हुने भएको छ । मतगणना सुरु गर्नुअघि सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने तयारी गरिएको छ।

बिहीबार सम्पन्न भएको मतदानपछि विभिन्न मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिका रातभर ढुवानी गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्‍याइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ८ बजे सर्वदलीय र सर्वपक्षीय बैठक बसेर मतगणनासम्बन्धी आचारसंहिता र प्रक्रियाबारे सहमति जुटाइनेछ । त्यसपछि मात्र मतपेटिकाको सिल खोलेर मतगणना सुरु गरिनेछ ।

यस निर्वाचन क्षेत्रमा दुई जना स्वतन्त्रसहित ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्लाका दुर्गम भेगका मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्न भौगोलिक विकटताका कारण केही चुनौती देखिए पनि सुरक्षा निकायको कडा स्कर्टिङमा रातभरमै सबै मतपेटिका सदरमुकाम ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?