+
+
Shares

गुल्मी-१ मा कालीगण्डकी र चन्द्रकोटबाट मतगणना सुरु

अनिल खत्री अनिल खत्री
२०८२ फागुन २२ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मी निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतगणना २२ फागुनदेखि सुरु भएको छ।
  • मतगणना जिल्ला समन्वय समितिको हलमा सुरक्षा व्यवस्थासहित भइरहेको छ।
  • क्षेत्र नम्बर १ मा १ लाख २२ हजार १८६ मतदातामध्ये ५३ प्रतिशत मत खसेको छ।

२२ फागुन, गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठकको सहमतिपछि ११ बजेदेखि मतगणना सुरु गरिएको हो । सुरुवातमा कालीगण्डकी गाउँपालिका र चन्द्रकोट गाउँपालिकाबाट खसेका मतपत्रको गणना सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

मतगणना जिल्ला समन्वय समितिको हलमा भइरहेको छ । मतपेटिका सबै मतदान केन्द्रबाट सदरमुकाम ल्याइसकिएको र सुरक्षा व्यवस्थासहित गणना भइरहेको छ ।

गुल्मीमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् भने जिल्लाभरि २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा कुल मतदाता १ लाख २२ हजार १८६ रहेकोमा खसेको मत ६४ हजार ७८७ थियो ।

खसेको मत ५३ प्रतिशत  छ ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?