+
+
Shares

मोरङका ५ वटा क्षेत्रमा रास्वपा र एउटामा श्रम संस्कृतिको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ५ क्षेत्रमा अग्रता लिएका छन्।
  • मोरङ क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार रूविना आचार्यले ३ हजार ४२३ मतसहित अग्रता बनाएकी छन्।
  • क्षेत्र नम्बर ३ बाहेक सबै क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता बनाएका छन् र कांग्रेस, एमाले, नेकपा तथा जसपा नेपालका उम्मेदवार पछिपछि छन्।

२२ फागुन, विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङका ५ वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । मोरङका ६ वटै क्षेत्रमा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नम्बर ३ बाहेकका क्षेत्रमा रास्वपा उम्मेदवार अगाडि छन् । कांग्रेस एमाले, नेकपा र जसपा नेपालका उम्मेदवार पछिपछि छन् ।

मोरङ क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार रूविना आचार्यले अग्रता लिएकी छन् । ५७३४ मत गणना हुँदा ३ हजार ४२३ सहित आचार्यले अग्रता बनाउँदा नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइराला ७२८ मतसहित पछ्याइरहेका छन् । नेकपा एमाले उम्मेदवार विनोद ढकाल ६२७ मतसहित पछि छन् ।

क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार आशा झाले अग्रता बनाएकी छन् । उनले ३ हजार ९७९ मत पाएकी छन् । जसपा नेपालका उम्मेदवार राजकुमार यादवले १ हजार ३६६ मतसहित दोस्रो स्थानमा पछ्याइरहेका छन् । नेकपा उम्मेदवार शिवकुमार मण्डलले १ हजार २८६ मतसहित तेस्रो स्थानमा छन् ।

क्षेत्र नम्बर ४ मा रास्वपा उम्मेदवार सन्तोष राजवंशीले अग्रता बनाएका छन् । राजवंशी ११ हजार ५६४ मतसहित अग्रता बनाउँदा दोस्रो स्थानमा रहेका कांग्रेसका गुरुराज घिमिरेले २ हजार ६४८ मतसहित पछ्याइरहेका छन् ।

मतगणानाको सुरुवाती अवस्थामा क्षेत्र नम्बर ३ मा भने श्रम संस्कृति पार्टी उम्मेदवार अमिर मगरले ५५४ मतसहित अग्रता बनाएका छन् । नेपाली कांग्रेस उम्मेदवार सुनिल शर्माले ३३६ मतसहित पछ्याइरहेका छन् । रास्वपा उम्मेदवार गणेश कार्कीले २९५ मतसहित पछि छन् ।

क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार कृष्ण कार्कीले अग्रता बनाएका छन् । रास्वपा उम्मेदवार कार्कीले १ हजार १६७ मतसहित अग्रता बनाउँदा एमाले उम्मेदवार दिलीपकुमार अग्रवाल ४४५ र नेपाली कांग्रेस उम्मेदवार मिनेन्द्रप्रसाद रिजाल ३६७ मतसहित पछ्याइरहेका छन् ।

क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार यज्ञमणी न्यौपानेले अग्रता बनाएका छन् । उनले ४ हजार १२६ मत पाउँदा पछ्याइरहेकी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिनले २ हजार ८१४ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?