+
+
Shares

मुस्ताङमा कांग्रेसका योगेश गौचनको जित निश्चित

यहाँ ३३०७ मतसहित कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीको जित पक्का भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३३०७ मतसहित विजयी भएका छन्।
  • नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत प्राप्त गरेका छन् भने रास्वपाका अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन्।
  • मुस्ताङमा ११ हजार ३२८ मतदाता मध्ये ६३८८ मत खसेको थियो र १०७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारको जित निश्चित भएको छ । यहाँ ३३०७ मतसहित कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीको जित पक्का भएको हो । यहाँ मत गणना सम्पन्न भइसकेको तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिकता घोषणा गर्न भने बाँकी छ ।

नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत मात्रै ल्याएका छन् । यहाँ रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् ।

राप्रपाका कमला लालचनले १६१ मत ल्याए भने नेकपाका ङुटुक गुरुङले १५१ मत ल्याउँदा । योगेश २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए ।

जम्मा मतदाता ११ हजार ३२८ मत रहेको मुस्ताङमा ६३८८ मात्रै मत खसेको थियो । यहाँ १०७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?