+
+
Shares

तेह्रथुममा पछि परे एमालेका भानुभक्त

तेह्रथुमको पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुव्वाले ९१ मतान्तरसहित अग्रता लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमको पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका सन्तोष सुव्वाले ९१ मतान्तरसहित अग्रता लिएका छन्।
  • नेकपा एमालेका भानुभक्त ढकालले २ हजार ९ सय ९३ मत प्राप्त गरेका छन् र पछिल्लो मतपरिणाममा पछि परेका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले २ हजार ५ सय ४९ मत प्राप्त गरेका छन्।

२२ फागुन, तेह्रथुम । तेह्रथुमको पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले ९१ मतान्तरसहित अग्रता लिएका छन् । उनले ३ हजार ८४ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले २ हजार ९ सय ९३ मत प्राप्त गरेका छन् । यसअघि ढकालले अग्रता लिएका थिए । तर पछिल्लो मतपरिणामअनुसार उनी पछि परेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले २ हजार ५ सय ४९ मत प्राप्त गरेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार लिम्बूले १ हजार ४ सय ४१ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रनध्वज लिम्बूले २ सय ४७ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?