News Summary
Generated by OK AI. Editorially reviewed.- पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा रास्वपाका विक्रम खनालले एक हजार ५ सय मत पाएर अग्रता लिएका छन्।
- क्षेत्र नम्बर २ मा रास्वपाका नरेन्द्र कुमार गुप्ताले ५६४ मत पाउँदै अग्रता लिएका छन्।
- नेपाली कांग्रेसका विनोद चौधरी र भिमबहादुर थापाले क्रमशः ४०१ र ३१२ मत पाएका छन्।
काठमाडौं । पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम खनाल र क्षेत्र नम्बर २ का उम्मेदवार नरेन्द्र कुमार गुप्ताले अग्रता लिएका हुन् ।
क्षेत्र नम्बर १ का उम्मेदवार खनालले एक हजार ५ सय मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले ४०१ मत पाएका छन् । एमाले उम्मेदवार रामप्रसाद पाण्डेयले २७९ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीकी सिन्धुजलेसा बुढाथोकीले ३७ मत पाएका छिन् ।
यसैगरी नवलपरासी पश्चिम क्षेत्रनम्बर २ मा रास्वपा उम्मेदवार नरेन्द्र कुमार गुप्ताले ५६४ मत ल्याएर प्रारम्भिक अग्रता लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा क्षेत्रीले ३१२ र नेकपा एमालेका उम्मेदवार लेखनाथ खरेलले २९ मत पाएका छन् ।
जसपा नेपालका देवेन्द्र यादवले २८७ मत पाउँदा राप्रपाका ध्रुवबहादुर प्रधानले १०९ मत पाएका छन् ।
प्रतिक्रिया 4