+
+
Shares

जाजरकोटमा नेपाली काँग्रेसका उम्मेदवार बुढाको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १९:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोट १ नम्बर निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका खड्कबहादुर बुढाले ३ हजार ९५० मत प्राप्त गरी अग्रता लिएका छन्।
  • नेकपा एमालेका डम्वरबहादुर सिंहले ३ हजार २९० मत प्राप्त गरी दोस्रो स्थानमा छन्।
  • शिवालय र जुनिचाँले गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ र तीन नगरपालिका र दुई गाउँपालिकाको गणना बाँकी छ।

२२ फागुन, जाजरकोट । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा जाजरकोट जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार खड्कबहादुर बुढाले ३ हजार ९५० प्राप्त गरी अग्रता लिएका छन् ।

सहायक निर्वाचन अधिकृत धर्मबहादुर बुढाका अनुसार नेकपा एमालेका उम्मेदवार डम्वरबहादुर सिंहले ३ हजार २९० मत प्राप्त गरेर बुढालाई पछ्याउँदै छन् ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतले २ हजार ७ सय ४१ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । रास्वपा उम्मेदवार राघव कार्कीले ३८१ मत पाएका छन् । शिवालय गाउँपालिका र जुनिचाँले गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । अझै तीन नगरपालिका र दुई गाउँपालिकाको गणना बाँकी छ ।

सो निर्वाचन क्षेत्रमा कुल १ लाख ६ हजार ९२ मतदाता भएकामा ६० हजार ५६७ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र समेत गरी जम्मा ११ जना प्रत्यासी छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?