News Summary
Generated by OK AI. Editorially reviewed.- म्याग्दीको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुनले आठ हजार ६७ मतले अग्रता बनाएका छन्।
२२ फागुन, बेनी । जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उमेद्वार महाविर पुनले मतान्तरलाई फराकिलो बनाउदै लगेका छन् ।
धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको २३ वटा वडामा खसेको २४ हजार 9३५ मत गणना गर्दा पुनले आठ हजार ६७ मतले अग्रता बनाएका हुन् ।
पुनले १२ हजार २२२ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले हालसम्म चार हजार 1५५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिए ।
नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले दुई हजार ७३२, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले २ हजार ६३५ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ८५५ मत प्राप्त गरेका छन् ।
बेनी नगरपालिकाको छ, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको २२ वटा वडाको २२ हजार ६० मत गणना गर्न बाँकी छ । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो ।
प्रतिक्रिया 4