२२ फागुन, काठमाडौं । उदयपुर–२ मा राष्ट्रिय श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ ।
एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले १ हजार ३६२ मत लिएर अग्रता लिएका हुन् ।
अहिले श्रम संस्कृति पार्टीका बलराज राई भने दोस्रो भएका छन् ।
उनले एक हजार २५४ मतका साथ पछ्याइरहेका छन् । यो निर्वाचन क्षेत्रमा १२ जना उम्मेदवार छन् । पछिल्लो निर्वाचनमा भने अम्वर बहादुर रायमाझी निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4