News Summary
Generated by OK AI. Editorially reviewed.- प्युठानमा जारी मतगणनामा ऐरावती, गौमुखी र सरुमारानी गाउँपालिकाको मतगणना सम्पन्न भई राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त वैदिकले ६ हजार ८५९ मत प्राप्त गरी नेपाली कांग्रेसका डा.गोविन्दराज पोख्रेललाई ३१२ मतान्तरले पछि पारेका छन्।
- प्युठानमा ९ वटा पालिका छन् र ८४ हजार ६३६ मत खसेको थियो भने नौबहिनी गाउँपालिकाको मतगणना सुरु भएको छ।
२३ फागुन, प्युठान । जिल्लामा जारी मतगणनामा तीन पालिकाको मतगणना सम्पन्न भएको छ । ऐरावती, गौमुखी र सरुमारानी गाउँपालिकाको मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । रास्वपाले नेपाली कांग्रेसलाई ३१२ मतान्तरमा अग्रता कायम गरेको हो ।
रास्वपाका सुशान्त वैदिकले ६ हजार ८५९, नेपाली कांग्रेसका डा.गोविन्दराज पोख्रेलले ६ हजार ५४७, नेकपा एमालेका सूर्य थापाले ४ हजार ८३८, नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले २ हजार ३४२ र राष्ट्रिय जनमोर्चाका तिलक जिसीले १ हजार ३५५ मत प्राप्त गरेका छन् ।
श्रम संस्कृति पार्टी गोविन्द गिरी २३६, नेपाल नेश्नल रिपब्लिक पार्टीका तारासिंह थापा मगरले ३७, राष्ट्रिय प्रजातन्त्र पार्टीका धनेश्वर पण्डितले ८६, नेकपा संयुक्तका नविनकुमार श्रेष्ठले ९, मंगोल अर्गनाइजेसनका हर्कबहादुर पुनले १५, नेकपा माओबादीका सीता बिकले ८८, नेपाली जनता दलका बिमल पोख्रेलले १६, आम जनता पार्टीका रोमबहादुर थापाले ६, प्रगतिशील लोकतान्त्रिक पार्टीका श्याम गहतराजले २१ मत प्राप्त गरेका छ्न ।
९ वटा पालिका रहेको प्युठानमा ८४ हजार ६३६ मत खसेको थियो । नौबहिनी गाउँपालिकाको मतगणना सुरु भएको छ ।
प्रतिक्रिया 4