News Summary
Generated by OK AI. Editorially reviewed.- बागलुङ क्षेत्र नम्बर–१ मा मतगणना जारी रहँदा रास्वपाका सुशील खड्काले ५८९५ मतले अग्रता कायम राखेका छन्।
- सुशील खड्काले ११ हजार ३०१ मत प्राप्त गरेका छन् भने एमालेका हिरा केसीले ५४०४ मत प्राप्त गरेका छन्।
- नेपाली कांग्रेसका भीस श्रीसले ४९९४ मत, राजमोका कृष्ण अधिकारीले १७८३ मत र राप्रपाका कल्याण विक्रम आचार्यले ३०२ मत प्राप्त गरेका छन्।
२३ फागुन, बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा मतगणना जारी रहँदा रास्वपाका सुशील खड्काले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् ।
हालसम्म गणना गरिएको जम्मा २४ हजार ९३९ मतमा रास्वपाका खड्का एमालेका हिरा केसीभन्दा ५८९५ मतले अघि छन् । शुसील खड्काले ११ हजार ३०१ मत ल्याउदा नेकपा एमालेका हिरा बहादुर केसीले ५ ४०४ हजार मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका भीस श्रीसले ४ हजार ९९४ मत प्राप्त गरेका छन् ।
यस्तै राजमोका कृष्ण अधिकारीले एक हजार ७८३ मत र राप्रपाका कल्याण विक्रम आचार्यले ३०२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिए ।
मतगणना दुई स्थानमा थालिएको सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिए ।
प्रतिक्रिया 4