+
+
Shares

बागलुङ-१ मा रास्वपाका खड्का फराकिलो मतान्तले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ७:५३

२३ फागुन, बागलुङ । बागलुङ क्षेत्र नम्बर-१ मा मतगणना जारी रहँदा रास्वपाका सुशील खड्का फराकिलो मतान्तरसहित अग्रता कायमै रहेको छ ।

हालसम्म गणना गरिएको जम्मा ३५ हजार ७२७ मतमा रास्वपाका खड्काले कांग्रेसका भीम श्रीसलाई ७ हजार ४२ मतले  पछाडि पारेका छन् । खड्काले १५ हजार २११ मत प्राप्त गरेका छन् ।

यस्तै  नेपाली कांग्रेसका श्रीसले ८ हजार १६९ मत प्राप्त गरेका छन् । यस्तै एमालेका हिराबहादुर केसीले ७ हजार १८३ मत प्राप्त गरेका छन् ।

यस्तै राजमोका कृष्ण अधिकारीले तीन हजार ३० मत र राप्रपाका कल्याण विक्रम आचार्यले ३४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिए ।

मतगणना दुई स्थानमा थालिएको सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?