+
+
Shares

गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी

अनिल खत्री अनिल खत्री
२०८२ फागुन २३ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थीले ४९६ मतान्तरले प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
  • पन्थीले १६,८७८ मत प्राप्त गर्दा नेकपा एमालेका गोकर्ण बिष्टले १६,३८२ मत प्राप्त गरेका छन्।
  • नेपाली काँग्रेसका भुवन प्रसाद श्रेष्ठले १४,४०५ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टीका श्रीराम महतले ३,०७९ मत प्राप्त गरेका छन्।

२३ फागुन, गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्।

अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई ५६१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार रास्वपाका पन्थीले १६ हजार ९६७ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्टले १६, ४०६मत प्राप्त गरे।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले १४ हजार ४३४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।

नेपाल कम्युनिस्ट पार्टीका श्रीराम महतले ३ हजार ८१ मत प्राप्त गरेका छन्।

गुल्मी–२ मा सुरुदेखि नै कडा प्रतिस्पर्धा देखिएको थियो। मतगणनाको विभिन्न चरणमा अग्रता परिवर्तन हुँदै गए पनि अन्तिम चरणमा भने पन्थीले अग्रता कायम राख्दै विजय सुनिश्चित गरेका हुन्।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?