+
+
Shares

बैतडीमा एमालेका दामोदर भण्डारीले रास्वपासँग ह्वात्तै घटाए मतान्तर

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १४:१५

२३ फागुन, बैतडी । बैतडीमा नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री दामोदर भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीले लिइरहेको अग्रता ह्वात्तै घटाएका छन् ।

दिउँसो पौने दुई बजेको अपडेटअनुसार रास्वपाका हरिमोहन भण्डारी झिनो मतान्तरसहित अगाडि छन् ।

हालसम्म २७ हजार ८१४ मत गणनामा उनको सात हजार ८७६ मत छ । एमालेका उम्मेदवार दामोदर भण्डारीले ७ हजार ७९६ मत पुर्‍याएका छन् । दुई जनाबीचको मतान्तर अब १८ मात्रै बाँकी छ ।

यसअघि रास्वपा उम्मेदवार हरिमोहनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्द तेस्रो नम्बरमा झरेका छन् । उनको ६ हजार ४८४ मत छ ।

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रमानन्द भट्टको तीन हजार ३१ मत छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?