+
+
Shares

यी हुन् ५० हजार बढी मतसहित निर्वाचित रास्वपा उम्मेदवार

आज दिउँसो चार बजेसम्मको मत परिणाम अनुसार रास्वपाका ६ जना उम्मेदवारहरुले ५० हजार भन्दा धेरै मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका ६ जना उम्मेदवारले ५० हजारभन्दा बढी मत पाएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
  • चितवन क्षेत्र नम्बर ३ बाट सोविता गौतमले ५९ हजार २७७ मत पाएकी छन् र निकटतम प्रतिस्पर्धी रेनु दाहाललाई ३८ हजार ६ सय ६२ मत अन्तरले हराएकी छन्।
  • रुपन्देही ३ का डा. लेखजंग थापाले ५८ हजार ८१४ मतसहित जित हात पारेका छन् र निकटतम प्रतिस्पर्धी सुशील गुरुङलाई ८ हजार ४३५ मत अन्तरले पछि पारेका छन्।

२३ फागुन, काठमाडौं । आज दिउँसो चार बजेसम्मको मत परिणाम अनुसार रास्वपाका ६ जना उम्मेदवारहरुले ५० हजार भन्दा धेरै मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

सबैभन्दा धेरै मत चितवन क्षेत्र नम्बर ३ बाट सोविता गौतमले पाएकी छन् । गौतमले ५९ हजार २७७ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रेनु दाहाललाई ३८ हजार ६ सय ६२ मत अन्तरले हराइन् । रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याइन् ।

यसैगरी रुपन्देही ३ मा डा. लेखजंग थापाले ५८ हजार ८१४ मतसहित जित हात पारे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत पाए ।

यसैगरी ५० हजारभन्दा बढी मतसहित विजयी हुने रास्वपाका अर्का उम्मेदवार हुन् सुलभ खरेल । उनी रुपन्देही २ बाट ५६ हजार ५५० मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नेता विष्णु प्रसाद पौडेलले १२ हजार ८६१ मत पाए । पौडेल ४३ हजार ६८९ मत अन्तरले पछि परे ।

मोरङ क्षेत्र नम्बर ६ बाट रुविना आचार्य पनि ५० हजार भन्दा बढी मतसहित निर्वाचित भएकी छन् । उनले ५५ हजार ५१३ मत पाएकी छन् । उनले कांग्रेस नेता डा. शेखर कोइरालालाई हराइन् । डा. कोइरालाले १२ हजार ८५० मत पाए । उनीहरुबीचको मत अन्तर ४२ हजार ६६३ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि ५० हजार भन्दा बढी मतले विजयी भएका छन् । रविले चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मतसहित विजयी भएका हुन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार मीना खरेललाई ३९ हजार ८३८ मतअन्तरले हराए । मीना खरेलको पक्षमा १४ हजार ५६४ मत पाएकी छन् ।

यसैगरी काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित बदन कुमार भण्डारी पनि ५० हजार भन्दा बढी मत पाएर निर्वाचित हुने रास्वपा उम्मेदवारको सूचीमा छन् । भण्डारीले ५३ हजार ३४४ मत पाएका छन् । उनका निकतम प्रतिस्पर्धी कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत पाए ।

भण्डारी र आचार्यबीचको मत अन्तर ३५ हजार ४७६ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?