+
+
Shares

सङ्खुवासभामा एमालेका उम्मेदवारले लिए अग्रता

सङ्खुवाखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले अग्रता लिएका छन् ।

भविन कार्की भविन कार्की
२०८२ फागुन २३ गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले ३ सय ७७ मत प्राप्त गर्दै अग्रता लिएका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पाले ३ सय ८ मत पाएका छन् भने नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले ९४ मत प्राप्त गरेका छन्।
  • मतगणना शनिबार दिउँसो १ बजे सुरु गरिएको र ९ सय ८७ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए।

२३ फागुन, संखुवासभा ।  सङ्खुवाखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका कार्कीले ३ सय ७७ मत प्राप्त गर्दै सुरुवातमा अग्रता लिएका छन् । त्यस्तैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पाले ३ सय ८ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले ९४, नेकपाकी सरिता थापाले ५८, र श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ६८ मत पाएकी छन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा पहिलो चरणको मत परिणाम सार्वजनिक गरिएको छ । हालसम्म मादी नगरपालिका –५ को ९ सय ८७ मत गणना गरिसकिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।

जिल्ला समन्वय समितिको हलमा शनिबार दिउँसोृ १ बजे बाट मत गणनाका सुरु गरिएको छ । भौगोलिक रूपमा दुर्गम तथा विकट मानिएका ५ मतदान केन्द्रको मतपेटीका ढुवानी शनिबार बिहान मात्र सकिएको थियो । जसका कारण मत गणना समेत तीन दिनपछि सुरु गरिएको छ ।

मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकता अनुसार स्रोत साधन व्यवस्थापन गरिसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?