+
+
Shares

रास्वपा दुई तिहाइ उन्मुख

प्रत्यक्षतर्फ १०२ सांसदहरू जितिसकेको रास्वपा २३ ठाँउमा अग्रता लिइरहेको छ । दुवै जोड्दा उसले १ सय २५ सांसद जित्ने सम्भावना बलियो छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ९:२७

२४ फागुन, काठमाडौं । प्रत्यक्ष र समानुपातिक सिटहरू जोड्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुगेको छ ।

प्रत्यक्षतर्फ १०२ सांसदहरू जितिसकेको रास्वपा २३ ठाँउमा अग्रता लिइरहेको छ । दुवै जोड्दा उसले १ सय २५ सांसद जित्ने सम्भावना बलियो छ ।

उसले अग्रता नलिएका ९ स्थान बाँकी छन्, ती ठाँउका एकाध क्षेत्रमा नतिजा तलमाथि हुनसक्छ । उसले प्रत्यक्षतर्फ कम्तीमा पनि १ सय २५ सिट निश्चित गरेको छ ।

समानुपातिकमा देशभर करिब २५ लाख मत गणना भइसकेको छ । अहिलेसम्मको विवरण अनुसार, रास्वपाले १२ लाख ६५ हजार मत पाएको छ, जुन लगभग ५१ प्रतिशत छ ।

नेपाली कांग्रेसले ४ लाख २७ हजार हाराहारीमा मत पाएको छ, जुन करिब १७ प्रतिशत हुन आउँछ । एमालेले ३ लाख ४० हजार अर्थात करिब साढे १३ प्रतिशत मत पाएको छ ।

अहिलेको अनुपातमा नेकपा र राप्रपाले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने देखिएको छ । अब गणना हुने मतमा उसको अनुपात कस्तो हुन्छ टुंगो छैन । श्रम संस्कृती पार्टी २ प्रतिशत छ, थ्रेसहोल्ड कटाउन सकेको छैन । अरू दलहरू त्यो भन्दा कम मतको अनुपातमा छन् । तर अहिलेकै अनुपात कायम रहेमा रास्वपाले समानूपातिकको आधाभन्दा बढी सांसद बनाउनेछ ।

समानुपातिक प्रणालीका लागि निर्वाचन आयोगले अपनाउने गणना पद्धतीका आधारमा हेर्दा रास्वपाले करिब ६१ सांसद पाउने देखिन्छ । अहिलेको अनुपातलाई आधार मान्दा कांग्रेसले २१ र एमालेको १६ सिट हुने देखिन्छ । नेकपाले ८ र राप्रपाले ४ सिट पाउने देखिन्छ । थ्रेसहोल्डको हिसावकिताव र त्यसबाहिर रहने दलको मत कटौती गर्दा एकाध सिटसंख्या तलमाथि हुनसक्छ ।

२ सय ७५ सदस्य भएको प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पाउन १८४ सिट ल्याउनुपर्छ । अहिलेसम्मको अवस्थामा हेर्दा रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकमा ६१ सिट पाउने देखिन्छ । समानुपातिकमा अहिलेकै अनुपात कायम रहे ऊ दुई तिहाइ मतको नजिक पुगेको देखिन्छ ।

प्रतिनिधिसभामा दुई तिहाइ मतको विशेष महत्त्व छ । संवैधानिक पदाधिकारीहरू विरुद्धको महाभियोगको प्रस्ताव र कारवाही, संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभाको दुई तिहाइ बहुमतले निर्णय गर्छ । तर त्यसका लागि प्रतिनिधिसभाको दुई तिहाइले मात्रै पुग्दैन, राष्ट्रिय सभाको पनि दुई तिहाइ बहुमत आवश्यक पर्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?