News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री निशा अधिकारीले गतिशिल लोकतान्त्रिक पार्टीको उम्मेदवार भएर प्रतिनिधिसभा चुनाव लडेकी थिइन् र अहिले फिल्म 'कस्तुरी' को छायांकनमा फर्किएकी छन्।
- निशाले सामाजिक सञ्जालमा फिल्मको छायांकन सेटको तस्वीर सेयर गर्दै शनिबारदेखि छायांकनमा व्यस्त हुने बताएकी छन् र निखिल उप्रेतीसँग पुनः सहकार्य गर्न पाउँदा खुसी लागेको उल्लेख गरेकी छन्।
- निशाले काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लडेकी थिइन् भने सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलले जितेका छन्।
काठमाडौं । गतिशिल लोकतान्त्रिक पार्टीको उम्मेदवारको रुपमा प्रतिनिधिसभाको चुनाव लडेकी अभिनेत्री निशा अधिकारी फिल्मको छायांकनमा फर्किएकी छन् ।
छायांकन सेटको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै निशाले शनिबारदेखि आफू फिल्म ‘कस्तुरी’ को छायांकनमा ब्यस्त हुने बताएकी छन् । फोटोमा उनीसँगै निखिल उप्रेती पनि देखिएका छन् ।
यो फिल्मका निर्माता चुनाव सकिएपछि निशा सेटमा आउने प्रतीक्षामा थिए । निशा र निखिलले सन् २००९ को फिल्म ‘मिसन पैसा’ मा सहकार्य गरेका थिए, जुन फिल्म निशाको डेब्यू पनि थियो ।
१६ वर्षपछि यी दुईजना कलाकार पुनः एकसाथ देखिन लागेका हुन् । पहिलो को-एक्टरसँग पुनः काम गर्ने अवसर भएकाले खुसी लागेको निशाले बताएकी छिन् ।
उनी लेख्छिन्, ‘ आजदेखि ‘कस्तुरी’को सुटिङमा व्यस्त हुँदैछु । चुनावसम्म मलाई पर्खेर बस्नुभएकोमा ‘कस्तुरी’ टिमप्रति हार्दिक धन्यवाद । मेरो पहिलो को-स्टार भएकाले होला, निखिल उप्रेती दाइसँगका कुरा जहिले पनि मिठा लाग्छन् । पहिलो फिल्मको पहिलो को-स्टार… अहिलेसम्म पनि सँगै काम गरिरहन पाएकोमा एकदमै खुसी लाग्छ ।’
निशाले काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लडेकी थिइन् । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलले जितेका छन्
प्रतिक्रिया 4