+
+
Shares

बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ११:५५

४ फागुन, काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५४० मतले पछि पार्दै विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार गिरी १७ हजार १७३ मतसहित विजयी हुँदा थापाले १६ हजार ६३३ मत पाएका छन् । तेस्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापाले तीन हजार ४२८ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश शाह तीन हजार ४२८ मतसहित चौथो भएका छन् ।

बाजुरामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार केशरबहादुर शाहीले ३५२, नेकपा माओवादीका उम्मेदवार भुपेन्द्र ल्वारले ३३३ पाएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका दिपककुमार डिसीले ९७ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७२ मत ल्याएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?