+
+
Shares

बर्दिया-२ मा रास्वपाका पोखरेल निर्वाचित

आइतबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार पोखरेलले २९ हजार ६७८ मतसहित जित निकालेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १९:२१

२४ फागुन, काठमाडौं । बर्दिया–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का श्रीधर पोखरेल निर्वाचित भएका छन् । आइतबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार पोखरेलले २९ हजार ६७८ मतसहित जित निकालेका हुन् ।

उनलाई पछ्याएका नेपाली कांग्रेसका किशोरसिंह राठोर २० हजार ४०२ मतमै रोकिँदा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सुरेश पन्थले १९ हजार १८० मत प्राप्त गरेर तेस्रो स्थानमा रहे ।

नेकपा एमालेकी विमला बिकले १० हजार ७७० मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका धर्मबहादुर चौधरीले ४ हजार ४७२ मत प्राप्त गरे ।

यहाँ नागरिक उन्मुक्ति पार्टी नेपालका खुसीराम थारुले एक हजार २५५, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सुशील चौधरीले एक हजार १२७ मत पाए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?