+
+
Shares

संखुवासभामा मतान्तर घटाउँदै रास्वपाका मिङ्मा शेर्पा

 सङ्खुवाखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले मत अन्तर घटाउन थालेका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका अर्जुनकुमार कार्की र रास्वपाका मिङ्मा शेर्पाबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
  • हालसम्मको मतगणनामा कार्कीले ६ हजार ६ सय ४३ मत पाएका छन् भने शेर्पाले ५ हजार ९ सय ९१ मत प्राप्त गरेका छन्।
  • जिल्लामा १५ दलका र एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् र मतपेटिका कडा सुरक्षामा राखिएको छ।

२४ फागुन, संखुवासभा । सङ्खुवाखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले मत अन्तर घटाउन थालेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की र रास्वपाका उम्मेदवार मिङ्मा शेर्पा बीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

हालसम्मको मतगणनामा कार्कीले ६ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् । उनलाई रास्वपाका शेर्पाले ५ हजार ९ सय ९१ मतले पछ्याय रहेका छन् । एमालेका कार्की र रास्वपाका शेर्पाबीचको ६ सय ५२ मतान्तर रहेको छ ।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले ३ हजार ८ सय ८६ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ३ हजार २३ मतका साथ चौथो स्थानमा छिन् ।

नेपाली कम्युनिस्ट पार्टी नेकपाकी सरिता थापाले ८ सय ४४ मत र राष्ट्रिय परिर्वतन पार्टीका घनश्याम वालिङ राईले ३ सय १३ मत प्राप्त गरेका छन् ।

एक मात्रै निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा हालसम्म २२ हजार ३ सय २८ मत गणना भइसकेको छ । अहिलेसम्म मादी, धर्मदेवी र चैनपुर नगरपालिका गणना भइसकेको छ ।

गणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको छ । मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा १५ दलका र एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?