+

एभेन्जर्सको पोस्टमा गरेको कमेन्ट नीशमले हटाए

२०८२ फागुन  २६ गते ८:१२ २०८२ फागुन २६ गते ८:१२
एभेन्जर्सको पोस्टमा गरेको कमेन्ट नीशमले हटाए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युजिल्यान्डका क्रिकेटर जिमी नीशमले पोखरा एभेन्जर्सले पारिश्रमिक नदिएको भन्दै कमेन्ट लेखेका थिए।
  • पोखरा एभेन्जर्सले बाँकी पारिश्रमिक अर्को सातासम्म दिने सहमति भएको जानकारी गराएको छ।
  • नीशमले फाइनलमा पराजयपछि लेखेको कमेन्ट एक दिन नबित्दै हटाएका छन्।

२६ फागुन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पारिश्रमिक नदिएको भन्दै कमेन्ट गरेका न्युजिल्यान्डका अलराउण्डर जिमी नीशमले आफ्नो कमेन्ट हटाएका छन् ।

आइतबार आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा भारतसँग पराजित भएपछि नीशमले पोखरा एभेन्जर्सको इन्सटाग्राम पोस्टमा कमेन्ट गर्दै ‘खेलाडीको पारिश्रमिक देऊ’ भनेर कमेन्ट लेखेका थिए ।

यस विषयमा राष्ट्रिय देखि अन्तर्राष्ट्रिय रूपमा चर्चा भएको थियो । पोखरा एभेन्जर्सले उनको पारिश्रमिकको केही हिस्सा दिन बाँकी रहेको र अर्को सातासम्म बाँकी पारिश्रमिक दिने सहमति भएको जानकारी गराएपनि नीशमले कमेन्टमा त्यसो लेखेका थिए ।

तर सोमबार रातिसम्ममा नै नीशमले आफूले लेखेको कमेन्ट हटाएका हुन् । उनले फाइनल हारेको पीडामा कमेन्ट लेखेको जस्तो देखिएको छ । उनी त्यसमा अडिग रहन सकेनन् र पछि कमेन्ट हटाए ।

इन्डियन प्रिमियर लिग (आईपीएल) देखि विश्वका फ्रेन्चाइजहरु खेलिसकेका न्युजिल्यान्ड राष्ट्रिय क्रिकेटर नीशमले कमेन्ट लेखेर किन हटाए भन्ने मुख्य प्रश्न बनेको छ ।

विश्वकै चर्चित खेलाडीले पारिश्रमिक नपाएको कुरा कमेन्ट गर्दा पोखरा एभेन्जर्स मात्र नभई नेपाल प्रिमियर लिग र नेपाली क्रिकेटमाथि नै प्रश्न उठेको थियो ।

तर अहिले आफूले लेखेको कमेन्ट एक दिन पनि नबित्दै हटाएपछि अहिले उनै माथि कमेन्ट किन हटाए भनेर प्रश्न उठेको छ ।

जिमी नीशम पोखरा एभेन्जर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय