+
+
Shares
मध्यपूर्व तनाव :

खाडीमा रहेका ५७ हजार नेपालीले टिपाए नाम

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मध्यपूर्वमा बढ्दो तनावका कारण ५७ हजार १ सय नेपालीले आफ्नो विवरण सरकारी संयन्त्रमा टिपाएका छन्।
  • कन्सुलर सेवा विभागले अनलाइन दर्ता प्रणालीमार्फत पश्चिम एसियामा रहेका नेपालीहरूको विवरण संकलन गरिरहेको छ।
  • परराष्ट्र मन्त्रालयले आवश्यक परेमा कदम चाल्ने र साउदी अरब हुँदै नेपाल फर्कन चाहनेले भिसा सहजीकरणका लागि अनुरोध गर्न सक्ने जनाएको छ।

२६ फागुन, काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावकाबीच ५७ हजार बढी नेपालीले आफ्नो विवरण सरकारी संयन्त्रमा टिपाएका छन् । इजरायल–अमेरिका र इरानबीच बढ्दो तनावपछि खाडी मुलुकहरूमा उत्पन्न परिस्थितिका कारण आफ्नो अवस्थाबारे जानकारी दिँदै ५७ हजार १ सय नेपालीले आफ्नो विवरण टिपाएका हुन् ।

पश्चिम एसियामा नेपाली नागरिकहरूको अवस्था अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा हालसम्म ५७ हजार १ सय नेपालीले आफ्नो विवरण दर्ता गराएका हुन् । दर्ता भएका विवरणहरू प्राथमिकताकासाथ अध्ययन गर्दै आवश्यकता अनुसार कदम चालिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ती देशहरूका केही स्थानबाट सीमित रूपमा हवाई उडानहरू सञ्चालन भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालतर्फ उडान सञ्चालनका सम्बन्धमा समेत छलफल भइरहेको र इच्छुक नेपालीले उडान सञ्चालन भइरहेका स्थानहरूबाट हवाई यात्रा गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अति जरूरी परेका कारण साउदी अरब हुँदै नेपाल फर्कन चाहनेहरूले आफ्नो राहदानीको फोटोकपी, भिसाको फोटोकपी र ट्राभल प्लानसहितको विवरण आफू रहेको मुलुकस्थित नेपाली नियोगलाई पठाई भिसा सहजीकरणका लागि अनुरोध गर्न सकिने छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?