१० वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव कम गर्न आफू हतारमा नरहेको प्रतिक्रिया दिएका छन् । बिहीबार फक्स न्युजसँग टेलिफोन संवादका क्रममा उनले इरानसँगको युद्धविराम समयसीमाबारे अमेरिका कुनै पनि किसिमको दबाबमा नरहेको बताएका छन् ।
‘हामीलाई कुनै पनि किसिमको हतार छैन । हामी राम्रो सम्झौता चाहन्छौं,’ ट्रम्पले भनेका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव क्यारोलाइन लेभितले अमेरिकाको इरानसँग विभिन्न माध्यमबाट वार्ता जारी रहेको पनि बताएका छन् । यस्तै ट्रम्पले इरानसँग आफ्ना सर्तहरू प्रष्ट बताइसकेको उनले बताए ।
‘अमेरिका इरानी शासनको जवाफ पर्खिरहेको छ । तर इरानले अहिलेसम्म प्रस्ट सन्देश दिएको छैन,’ लेभितले भनेका छन्, ‘यहीकारण राष्ट्रपति ट्रम्पले युद्धविराम बढाउने फैसला गर्नुभएको हो ।’
उता इरानका राष्ट्रपति मसुद पेजिस्कियानले इरान सधैँ संवादको स्वागत गर्ने बताउँदै अहिले संवादमा रुकावट पैदा भइरहेको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया 4