+
+
Shares

उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग

संकटका बेला उपभोक्ता ठग्ने विक्रेता वा ग्यास उद्योगीहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न महासंघले सरकारसँग माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्यास विक्रेता महासंघ नेपालले कृत्रिम अभाव सिर्जना गर्ने र मूल्यभन्दा बढी लिनेलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
  • महासंघले ग्यास अभाव र अनुचित मूल्य लिने विक्रेताले उपभोक्तालाई मर्कामा पारेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
  • महासंघले गैरकानुनी काम नगर्न र ठग्ने विक्रेतालाई कडा कारबाही गर्न सबै जिल्ला संघमार्फत जानकारी गराउन निर्देशन दिएको छ।

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढी लिने जोकोहीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै बजारमा ग्यास अभाव भएको र केही ठाउँमा विक्रेताहरूले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मध्यपूर्वमा देखिएको पछिल्लो अशान्तिका कारण भविष्यमा ग्यास नपाइने हो कि भन्ने चिन्ता उपभोक्तामा पर्नु स्वाभाविक भएको महासंघले उल्लेख गरेको छ ।

तर, यस्तो विषम परिस्थितिको फाइदा उठाएर सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री वितरण गर्नु गम्भीर अपराध भएको महासंघको ठहर छ ।

महासंघले देशभरिका आमविक्रेतालाई कुनै पनि गैरकानुनी काम नगर्न र जिम्मेवार भएर सेवा प्रवाह गर्न विज्ञप्ति मार्फत अपिल गरेको छ ।

साथै, संकटका बेला उपभोक्ता ठग्ने विक्रेता वा ग्यास उद्योगीहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न महासंघले सरकारसँग माग गरेको छ ।

यस्ता गैरकानुनी काम गर्ने जोकोहीलाई कारबाही हुने कुरा सबै जिल्ला संघमार्फत देशभरिका विक्रेतालाई जानकारी गराउन समेत महासंघले निर्देशन दिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?