+
+
Shares

सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको राजविराज नगरपालिका-७ स्थित सर्वजानिक पल्टुदास पोखरीमा डुबेर २७ वर्षीय बौवा दासको मृत्यु भएको छ ।
  • डुबेर बेपत्ता भएको खबरपछि प्रहरी टोली परिचालन गरी खोजी गर्दा उनी मृत फेला परेका थिए।
  • प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

२६ फागुन, सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका-७ स्थित सर्वजानिक पल्टुदास पोखरीमा डुबेर सोही नगरपालिका-३ बस्ने २७ वर्षीय बौवा दासको मंगलबार बिहान मृत्यु भएको छ ।

डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ उनको खोजीका लागि प्रहरी टोली परिचालन भएको थियो । खोजी गर्ने क्रममा उनी डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?