+
+
Shares

एडीबीबाट नेपालको ५ अर्ब ३० करोड सहुलियतपूर्ण ऋण स्वीकृत

नेपाल डिजिटल रूपान्तरण परियोजना दक्षिण एसियाकै पहिलो एडीबी र विश्व बैंकबीच एफएमआरएफ अन्तर्गत सहलगानी गरिएको परियोजना हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियाली विकास बैंकले नेपाललाई ४ करोड अमेरिकी डलर बराबर सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ।
  • यो ऋण डिजिटल रूपान्तरण अभियान बढावा दिन र उच्च प्रभावकारी डिजिटल सेवा पहुँच विस्तार गर्न दिइएको हो।
  • परियोजना अन्तर्गत एकीकृत नागरिक सेवा पोर्टल विकास र सरकारी सेवा डिजिटलीकरण योजना कार्यान्वयन गरिनेछ।

२६ फागुन, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ४ करोड अमेरिकी डलर (५ अर्ब ३० करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ ।

नेपाल सरकारको डिजिटल रूपान्तरण अभियान बढावा दिन र नागरिक तथा व्यवसायीका लागि उच्च प्रभावकारी डिजिटल सेवा पहुँच विस्तार गर्ने उद्देश्यले सो सहायता स्वीकृत गरिएको एडीबीले जनाएको छ ।

नेपाल डिजिटल रूपान्तरण परियोजना दक्षिण एसियाकै पहिलो एडीबी र विश्व बैंकबीच फुल म्युचअल रिलायन्स फ्रेमवर्क (एफएमआरएफ) अन्तर्गत सहलगानी गरिएको परियोजना हो ।

मुलुकको डाटा होस्टिङ र साइबर सुरक्षा पूर्वाधार सुदृढ बनाउँदै सरकारी तहमा डिजिटल सुरक्षा र उत्थानशीलता बढाउन उक्त  परियोजना कार्यान्वयन गर्न लागिएको एडीबीको भनाइ छ ।

यस परियोजना अन्तर्गत एकीकृत नागरिक सेवा पोर्टल विकास, सामाजिक रजिस्ट्री सुधार, सरकारी डाटा एक्स्चेन्ज प्ल्याटफर्म स्थापना सहित एक दर्जन सरकारी सेवा डिजिटलीकरण योजना छ ।

नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक अर्नाे काउचोइसले भनेका छन्, ‘सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन र नेपालको आर्थिक विकासलाई सहयोग गर्न यो परियोजना महत्त्वपूर्ण छ ।’

यो परियोजना सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत कार्यान्वयन गरिने भएको छ । ‘डिजिटल नेपाल फ्रेमवर्क २.०,’ १६औं पञ्चवर्षीय योजना, ई–गभर्नेन्स ब्लुप्रिन्ट र एडीबीको ‘नेपाल कन्ट्री पार्टनरसिप रणनीति २०२५–२०२९’ सँग मेल खाने समेत जनाइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?