+
+
Shares

आयोगले भन्यो- राष्ट्रपतिलाई बुझाउने निर्वाचन प्रतिवेदनको तयारी सुरु भइसक्यो

निर्वाचनमा खटिएका कर्मचारीप्रति आयोग आभारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भदौ २७ गते राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गर्दा निर्वाचन हुन्छ र ? भन्ने प्रश्न आम रूपमा उठेको स्मरण गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १७:३७

२६ फागुन, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन खटिने राष्ट्रसेवक कर्मचारीप्रति आभार प्रकट गरेका छन् ।   निर्वाचनका लागि  विभिन्न निकायबाट काजमा आयोगमा खटिएका कर्मचारीको मंगलबार बिदाइ समारोहलाई सम्बोधन गर्दै भण्डारीले आभार प्रकट गरेका हुन् ।

उनले भदौ २७ गते राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गर्दा निर्वाचन हुन्छ र ? भन्ने प्रश्न आम रूपमा उठेको स्मरण गरे ।  ‘भदौ २३ र २४ गतेको घटनापछि सुरक्षा पेचिलो विषय थियो,’ उनले भने, ‘निर्वाचन घोषणा भएको एक महिनासम्म पनि दलहरू एक ठाउँमा बस्न सक्ने अवस्था थिएन । आयोगले नै दलहरूलाई एकै ठाउँमा राखेर संवाद आरम्भ गराएको थियो ।’

अहिले निर्वाचनको परिणाम ल्याउन आयोग सफल भएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए । निर्वाचन सम्पन्न गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारीमा आयोग रहेको पनि उनले जानकारी दिए ।

आयोगका सचिव कृष्णबहादुर राउतले विभिन्न निकायबाट काजमा खटिई आएका कर्मचारीको ‘टिम वर्क’ ले तोकिएको समयमा निर्वाचन सम्भव भएको बताए ।

निर्वाचनमा खटिएका सबै राष्ट्रसेवक कर्मचारीकै कारण २३ हजार ११२ मतदान केन्द्र र १४३ वटा अस्थायी केन्द्रमा कुनै सामान्य खालका समस्या नभई निर्वाचन सम्पन्न भएको उनले बताए ।

निर्वाचनका लागि विभिन्न निकायबाट गरी १४१ कर्मचारी आयोगमै काजमा आएर काम गरेको प्रशासन शाखा प्रमुख एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । निर्वाचन सम्पन्न भएसँगै सबै कर्मचारीको काज फिर्ता सुरु भएको उनले बताए । –रासस

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?